नक्कली लाइसेन्स वितरण भइरहेकाे सुनेकाे छु, तत्काल राेक्नुस् : प्रधानमन्त्री प्रचण्ड

 बैशाख २४, २०८१ सोमबार १८:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गर्नुभएको छ ।

चालक अनुमति पत्र वितरणमा भइरहेको ढिलाइ, नक्कली अनुमति पत्र वितरणलगायतका समस्याको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले विभागका अधिकारीहरूलाई बोलाएर छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नक्कली लाइसेन्स वितरण भइरहेको कुरा सुनेको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिनुभयो ।

छलफलमा प्रचण्डले चालक अनुमति पत्रसम्बन्धी डिजिटल प्रणालीलाई व्यवस्थित बनाउन पनि निर्देशन दिनुभयो । उहाँले नीतिगत समस्या भएमा आफूलाई सुझाव दिन भन्दै अन्यथा समस्याको तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया