खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । उहाँको आज उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
९१ वर्षका नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा उहाँको अग्रणी भूमिका छ । ज्ञानमणि नेपालले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गर्नुभएको छ ।
स्वर्गीय नेपालका ‘नेपालको महाभारत’, ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल–भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ लगायतका पुस्तक प्रकाशित छन् । उहाँको निधनले नेपाली इतिहासको खोज र अनुसन्धानमा ठूलो क्षति पुगेको इतिहासकारहरूले बताएका छन् ।
स्वर्गीय नेपालका दुई जना छोरा छन् । उहाँको आजै अन्त्येष्टिको तयारी भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।