भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
महोत्तरी – एकै परिवारका १० जना सदस्यलाई घाइते बनाई अज्ञात समूहले १० लाख बराबरको धनमाल लुटेका छन् । आइतबार राति करिब १० जनाको समूहमा आएका हतियारधारीले महोत्तरीको सोनमा गाउँपालिका ३ खखनाका श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेका हुन् ।
समूहमा आएका हतियारधारीले बन्दुक लाठी र खुकुरीले प्रहार गरी श्रीचन्द्र यादवको घरका १० जना सदस्यलाई घाइते बनाएका छन् । जसमध्ये ३ जना गम्भीर घाइते भएका छन् । आक्रमणबाट गम्भीर घाइते हुनेहरुमा लेलीन यादव, संजिव यादव र सुरेन्द्र यादव रहेका छन् ।
यस्तै आक्रमणबाट मुरनदेवी यादव, राजिव कुमार यादव, शान्ति देवी, चित्रलेखा यादव, रिंकु यादव, जितेन्द्र यादव, दिदेन्द्र यादव घाइते भएका छन् । घाइते ९ जनाको महोत्तरीको सम्सीमा रहेको जीवन ज्योती अस्पतालमा उपचार भइरहेको छ भने सुरेन्द्रको उपचार जनकपुर अञ्चल अस्पतालमा समेत सम्भव नभएपछि थप उपचारको लागि विराटनगर रिफर गरिएको जनाएको छ ।
उनीहरुले घरमा रहेको साढे चार लाख नगद, ७ तोला सुन, आठ तोला चाँदी र सातथान मोबाइललगायत १० लाख बराबरको धनमाल लुटेर लगेको घरधनी श्रीचन्द्र यादवले बताउनुभयो । डकैती भएको यादवको घर नजिकै करिब डेढ किलोमिटरको दुरीमा इलाका प्रहरी कार्यालय रघुनाथपुर रहेको छ । उनीहरुले करिब ४५ मिनेटसम्म लुटपाट गरिरहँदा फोन गर्दासमेत प्रहरी समयमा नआएको पीडित यादवले गुनासो गर्नुभयो ।
महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले लुटेराहरुले एकाएक घरमा पसेर सुतेका तीनजनालाई भाटाले हिर्काएर घाइते बनाएको र अन्य सदस्यहरुलाई कुटपीट गरेको बताउनुभयो । घटनाबारे अनुसन्धान भैरहेको र आक्रमणकारीको खोजी भैरहेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।