साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धे...
बैशाख ८, २०८१ शनिबार
पाल्पा – रिब्दीकोट गाँउपालिका – ३ सिरुखर्कमा भएको जीप दुर्घटनामा एक वर्षीय बालकको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।
बाग्लुङ्गवाट बुटवलका लागि छुटेको लु २ च ५०३५ नम्बरको जीप सोमबार बिहान ५ बजे दुर्घटना हुँदा बाग्लुङ्ग बरेङ गाँउपालिका ३ का एक वर्षीय बालक अंकित दर्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते ७ जना मध्ये ५० वर्षीया सरस्वती दर्जीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबै बाग्लुङ्ग बरेङ गाँउपालिका ३ कै हुन् ।
घाइतेहरु चालक ५१ वर्षका मुतmबहादुर खत्री, २० वर्षीय कमल दर्जी, ४३ वर्षीय यामबहादुर नेपाली, २४ वर्षीय विष्णु सुनार, ६३ वर्षीय तुलबहादुर परियार र २१ वर्षीया कमला परियारको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।