भारतसँग सिमाना जोडिएका रुपन्देही र कपिलवस्तुका नाका बन्द

 जेठ ११, २०८१ शुक्रबार ९:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – भारतसँग सिमाना जोडिएका रुपन्देही र कपिलवस्तुका नाका बन्द भएका छन् । भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा भोलि हुुने लोकसभा चुनावका कारण दुवै जिल्लाका नाका बन्द गरिएको हो ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकासँग जोडिएको कक्रहवा नाकासहित भारतको उत्तर प्रदेशसँग जोडिएका नाका तथा कपिलवस्तुको कृष्णनगर र सुठौली भन्सारसहितका कपिलवस्तु जिल्लाका नाका भोलि बेलुका ६ बजेसम्म बन्द हुने दुवै जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत पर्ने बेलहिया नाका लगायत भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लासँग जोडिएका अरु नाकाहरु आउँदो १६ गतेदेखि १९ गतेसम्म बन्द रहने रुपन्देही प्रशासनले जनाएको छ ।


 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया