सरकारले सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा

 जेठ ११, २०८१ शुक्रबार १५:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

आज काठमाण्डाै उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष कुशलव केसीले जानकारी दिनुभयो ।

सरकारले यसअघि पीडितहरूको बचत फिर्ताका लागि सम्झौता गरेको थियो । तर त्यो कार्यान्वयन नभएपछि बाध्य भएर पुनः आन्दोलनमा आउनुपरेको केसीले जानकारी दिनुभयो । यस्तै पीडितहरूले काठमाण्डौको माइतीघर मण्डलामा रिले अनशन पनि शुरु गरेका छन् ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया