५९ लाख नेपाली वैदेशिक रोजगारीमा

 जेठ १४, २०८१ सोमबार ८:४७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन् । यसमध्ये पुरुष ८६ दशमलव ४ प्रतिशत र महिला १३ दशमलव ६ प्रतिशत रहेका छन् । आर्थिक सर्वेक्षणअनुसार गएको फागुनसम्म वैदेशिक  रोजगारीका लागि ईपीएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् ।

कतार, मलेसिया, साउदी अरब, यूएई र कुवेतमा नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्यको रुपमा रहेको छ । पछिल्लो अवधिमा यूएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अनिवार्य रूपमा नेपाल सरकारबाट श्रम स्वीकृत लिनुपर्ने प्रावधान छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म तीन लाख ७३ हजार तीन सय सातजना नेपाली नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । थप दुई लाख ३६ हजार तीन सय ९८ जना नेपाली भने श्रम स्वीकृत नवीकरण गरेर वैदेशिक रोजगारीमा गएका हुन् ।

यो वर्ष साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ र मंसिरमा ६८ हजार दुई सय एकजना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार नौ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया