ईपीएल फुटबलमा नटिङ्घम फरेस्ट , आर्सनल र वुल्भ्स विजयी
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्सका कप्तान रियान परागलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १२ लाख भारु जरीवाना गरेको छ ।
आइतवार राति गुवाहाटीमा चेन्नई सुपर किङ्ग्ससँगको खेलमा ‘स्लो ओभर रेट’ का लागि बीसीसीआईले राजस्थानका कप्तान रियानलाई जरीवाना गरेको हो ।
यो खेलमा राजस्थानले चेन्नईलाई हराउँदै पहिलो जीत हात पारेको थियो । राजस्थानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनमात्र बनाउन सक्यो ।
आईपीएलको १८औं संस्करणमा ‘स्लो ओभर रेट’ का लागि जरीवाना गरिएको यो दोस्रो पटक हो । यसअघि शनिवार गुजरात टायटन्ससँगको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई बीसीसीआईले जरीवाना गरेको थियो ।
यो संस्करणदेखि आईपीएलमा ‘स्लो ओभर रेट’ का लागि प्रतिबन्ध नभई जरीवाना तोकिएको हो । यसबाहेक खेलको समयमा फिल्डिङमा केही प्रतिबन्धहरू पनि लागू हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।