यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमकी विष्टको लेक लागेर ज्यान गयो

 जेठ १५, २०८१ मंगलबार ९:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर ज्यान गएको छ ।

डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको ज्यान गएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो ।

डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित घर फर्कदै गरेको बेला हिजो बाटोमा नै ज्यान गएको वडा अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया