नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – जलवायु विज्ञहरूले जलवायुजन्य विपद्का कारण नेपालले गएको ८ वर्षमा साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् । बेलैमा विपद्काे पूर्वतयारी नगर्दा आठ वर्षमा साढे १८ करोड डलर बराबरको क्षति गरेको विज्ञहरूले बताएका छन् ।
काठमाण्डाैमा आज आयोजित एक कार्यक्रममा विज्ञहरूले यो बर्खामा पनि जलवायुजन्य विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने बताएका छन् । कार्यक्रममा जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठूलो असर पुग्ने बताउनुभयो । उहाँले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताउनुभयो ।
निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक स्राेत, पारिस्थितिकीय प्रणाली, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा असर बढी भएको उल्लेख गर्नुभयाे । उहाँले बाढीका कारण बसाइँसराइको समस्यासमेत बढेको बताउनुभयो ।
यसैबीच प्रतिनिधि सभाका सांसदहरूले बर्खामा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् । सांसद रघुजी पन्तले बाढी, पहिरो र डुबानबाट बर्खामा चार लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने एउटा अध्ययनको अनुमान पेश गर्दै तत्काल त्यसबाट जनजीवनमा क्षति नपुग्ने गरी पूर्वतयारी गर्न सरकारलाई सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।