चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारतले अस्ट्रेलियालाई पहिलो टेस्ट क्रिकेटमा २ सय ९५ रनले हराएको छ । पर्थमा भएको खेलमा अस्ट्रेलियालाई हराउँदै भारतले इतिहास रचेको छ । अस्ट्रेलियाले पर्थमा पहिलो पटक टेस्ट क्रिकेटमा हार बेहोरेको हो ।
भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया खेलको चौथो दिनको चिया समयपछि २ सय ३८ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका ट्राभिस हेडले सबैभन्दा धेरै ८९ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराह र मोहम्मद सिराजले ३/३ विकेट लिए ।
दोस्रो पारीमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक तथा केएल राहुलले अर्धशतक बनाए । अस्ट्रेलियाका नाथन लायनले २ विकेट लिए ।
यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए ।
यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए ।
यो जीतसँगै भारतले पाचँ खेलको शृङ्खलाको बोर्डर गभास्कर ट्रफीमा १–० ले अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल आउँदो डिसेम्बर ६ देखि एडिलेडमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।