भरतपुर महानगरले पनि नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल देखाउने

 जेठ २२, २०८१ मंगलबार १६:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – भरतपुर महानगरपालिकाले आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज राति हुने खेल निःशुल्क देखाउने भएकाे छ ।

नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउन लागेकाे महानगरले जनाएकाे छ । नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल राति सवा ९ बजे अमेरिकाकाे डालासमा शुरु हुनेछ । याे खेलकाे प्रत्यक्ष प्रसारण भरतपुरको गेस्ट हाउस चौरमा देखाउन लागेको महानगरकी मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठूलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ । यसअघि काठमाण्डाै महानगरले पनि नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलकाे तीन वटा ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएकाे छ । यस्तै पाेखरा महानगरले पनि पृथ्वी चाेकमा नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलकाे प्रत्यक्ष प्रसारण देखाउने भएकाे छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया