१८३ स्टार्टअप उद्यमीलाई सहुलियत कर्जा

 जेठ २६, २०८१ शनिबार ७:२५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षमा १८३ स्टार्टअप फर्म तथा कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । हिजो औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सिफारिसमा परेका परियोजनाहरूको विवरण सार्वजनिक गरेको हो ।

सिफारिस भएका फर्म तथा कम्पनीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको ठेगाना जेठ २९ गतेभित्र प्रकाशित गरिने प्रतिष्ठानले जनाएको छ । त्यसको ३० दिनभित्र सिफारिसमा परेका स्टार्टअपले तोकिएको शाखामा सम्पर्क गरी आवश्यक कागजात एवम् विवरण बुझाएर तोकिएको कर्जा पाउनेछन् ।

करिब साढे १६ सय कम्पनीले कर्जाका लागि आवेदन दिएकोमा प्रस्तुतीकरणबाट करिब साढे ३ सय कम्पनी छानिएका थिए । अन्तिम चरणको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अङ्कभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि १८३ कम्पनीलाई सिफारिस गरिएको हो ।

प्रतिष्ठानले यी कम्पनीहरूलाई मूल्याङ्कनका आधारमा २५ लाखसम्मको कर्जा मिल्ने जनाएको छ ।  तीन प्रतिशत ब्याजदरमा पाइने यो कर्जा दुई वर्षभित्र तिर्न शुरु गरिसक्नुपर्नेछ । पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गर्नुपर्ने नियम छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया