भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - भक्तपुरको सल्लाघारीमा रहेको खुला चौरमा २२ देखि २४ नोभेम्बर २०१८ सम्म निर्माण उपकरण प्रदर्शनी ‘सीआईआई कन्म्याक २०१८’ को आयोजना हुने भएको छ ।
प्रदर्शनी भारतीय उद्योग परिसंघ (सीआईआई) ले भारतीय दूतावासका सहकार्य तथा एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स ९ब्क्ष्म्क्ष्ब्० संगको परामर्शमा आयोजना गर्न लागेको हो ।
नेपाल निर्माण व्यवसायी महासंघ एफसीएएन को सहयोगमा हुन लागेको कार्यक्रममा भारतीय निर्माण उपकरण निर्माता एसोसिएशन (एअार्इडीअार्इए) सेक्टर पार्टनरको रूपमा रहेको छ ।
काठमाडौमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईआई कन्म्याक २०१८ तथा एमएडब्ल्यू अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले विश्वस्तरीय निर्माण उपकरणहरु एकै स्थानमा अवलोकन गर्नका लागि यस प्रदर्शनी अद्वितीय प्लेटफर्मको रूपमा रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यस कार्यक्रमको भव्यताले नेपालमा आयोजना हुने अन्य प्रदर्शनीको स्तर बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’
कार्यक्रममा सीआईआई कन्म्याक २०१८ का सदस्य तथा एफजी इन्कर्पोरेटेड प्रा. लि. का निर्देशक केदार लामिछाने तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष ए डी लामाले विविध विषयमा प्रकाश पार्नुभएको थियो ।
प्रदर्शनीमा देशभरबाट १० हजार भन्दा बढी व्यावसायिक अवलोकनकर्ताहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रदर्शनीले निर्माण व्यवसायीलाई हाल अन्तर्राष्ट्रियस्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई सहयोग पुर्याउने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि गर्ने उद्धेश्य लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।