ट्याङ्कर व्यवसायीको आन्दोलनका कारण काठमाण्डौमा पेट्रोल–डिजेलको अभाव

 असार ३, २०८१ सोमबार १२:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण काठमाण्डौमा पेट्रोल–डिजेलको अभाव भएको छ । कतिपय पम्प बन्द छन् । पेट्राेल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ । थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरू व्यवसायीले रोकेका छन् ।

खाद्य वस्तुसरह पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्री/वितरणमा अवरोध गर्न पाइन्न । तर नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ । चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर उनीहरूले हिजोदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले समस्या समाधान गर्न नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बद्ध निकायसँग पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताउनुभएको छ । समस्या समाधान र श्रमिकको मागबारे अहिले छलफलमा जुटेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया