खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लोचाखोला खानेपानी आयोजनालाई व्यवस्थित गर्ने

 असार ५, २०८१ बुधबार ९:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लोचा खोला खानेपानी आयोजनालाई व्यवस्थित गर्ने भएको छ । ११ वडा रहेको नगरपालिकाले रावाबेँसी गाउँपालिका–६ हौँचुरको लोचा खोला मुहान भएको खानेपानी योजनालाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्ने भएको हो ।

२०५२ सालमा हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले, सल्ले र महादेवस्थानका केही ठाउँमा खानेपानी विस्तार गरिएको योजनालाई पुनर्संरचना गर्दै व्यवस्थित गर्न लागिएको मेयर बिमला राईले बताउनुभयो । हलेसी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा दर्तामा रहेको मुहानको सम्पूर्ण पुरानो संरचनाको ठाउँमा नयाँ संरचना बनाएर थप वडामा खानेपानी विस्तार गर्ने योजना बनाइएको उहाँको भनाई छ ।

लोचा खोलामा पानीको चार वटा मुहान छ । सबै मुहानको पानीलाई एउटा ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । मुहानबाट लगिएको पानी अहिले सल्ले र अर्खौलेको नागी, महादेवस्थानको काभ्रेडाँडा, बर्खेटार, ऐसेलुखर्क, जगदम्बा आधारभुत विद्यालय, हलेसीबजार, माल्खुलगायतका क्षेत्रमा प्रयोग भइरहेको छ ।

मुहानबाट ट्याङ्की र पाईपमा नअटेर निकास भइरहेको पानीलाई हलेसी तुवाचुङ नगरपालिकामा लैजाने तयारी छ । पानीलाई सदुपयोग गर्दै नगरपालिकाको दुर्छिम, बडहरेको माथिल्लो भाग र च्यास्मीटारसम्म विस्तार गर्ने मेयर राईले बताउनुभयो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया