मनसुन बल्ल लुम्बिनी प्रदेशसम्म पुग्यो, पश्चिमी तराईमा तापक्रम केही घट्यो

 असार ६, २०८१ बिहीबार १२:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – यस वर्षको मनसुन प्रणाली लुम्बिनी प्रदेशसम्म पुगेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगको हो ।

अहिले मनसुन कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा पुगेको छ ।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गएकाे जेठ २८ गते कोशी प्रदेशको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । सामान्यतया पूर्वमा मनसुन भित्रिएको एक हप्तामा सुदूरपश्चिमसम्म नै फैलने गरेको भए पनि यस पटक भने निकै ढिलो गतिमा मनसुनले यात्रा गरिरहेको छ । लुम्बिनीका पश्चिमी क्षेत्र, कर्णाली र सदूरपश्चिममा मनसुन फैलिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली नपुगे पनि गए राति देशका सबैजसो तराई क्षेत्रमा पानी परेको छ । निकै गर्मी भएको बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज र धनगढी, सुर्खेतलगायतका क्षेत्रमा आज तापक्रम केही घटेको छ । दिउँसो १२ बजेसम्म कुनै पनि शहरको तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छैन ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया