भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ का उत्कृष्ट पाँचजनाको नाम सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ का उत्कृष्ट पाँचजनाको नाम सार्वजनिक गरिएको हो । जस अनुसार यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र खुमलटारका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगरस्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अनमी सीताकुमारी शर्मा पर्न सफल हुनु भएको छ ।
यी उत्कृष्ट मध्येबाट एकजनालाई सर्वोत्कृष्ट घोषणा गरिनेछ । त्यसका लागि अनलाइन भोटिङ खुल्ला पनि खुला गरिएको छ । मंगलबार साँझ साँढे ६ बजेबाट एपी वान टेलिभिजन सोसम्बन्धी कार्यक्रम प्रशारण भएदेखि सुरु भएर मंसिर १७ गते सोमबार रातिसम्म भोटिङ खुल्ला रहने एकाउन्टबिलिटी ल्याब नेपालका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो ।
भोटिङका लागि अरुण काफ्लेको १, ध्रुबराज आचार्यको २, महेन्द्रप्रसाद पौडेलको ३, रामबहादुर कुरुङबाङ्गको ४ र सीताकुमारी शर्माको लागि ५ कोड निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोर्डलेखि ३४००१ मा भोटिङ गर्न सकिने पनि जानकारी दिइएको छ । पाँचजना उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट इन्टेग्रिटी आईडल नेपाल २०१८ छनौट गर्न भोटिङको व्यवस्था गरिएको हो ।
मनोनयनमा परेका उत्कृष्ट पाँचजनाको नाम चयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पूण्यप्रसाद न्यौपाने र नेपाल सरकारका पूर्व सचिव जीवन प्रभा लामा सदस्य रहनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।