भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - हिमालयन बैंक लिमिटेडले मंगलबारदेखि औपचारिक रुपमा मोबाइल बैंकिङ्ग एप ‘हाई एम बि’ सुरु गरेको छ ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक श्री ईजाज कादिर गिलले मोबाइल एपक शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।
‘हेएर इज योर न्यू बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ नारासहित शुभारम्भ गरिएको यो मोबाइल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिनसक्ने बताइएकाे छ ।
साथै अहिलेकाे लागि हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न बिलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका सेवा–सुविधाहरु प्राप्त गर्न सक्ने बताइएको छ ।
समाहरोहमा बैंकका उप महाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले एपमा सुरक्षाका सम्पूर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आउँदा दिनमा आफ्ना ग्राहकहरुका लागि थप नवीनतम प्रविधि उपलब्ध गराउँदै जाने बताउनुभयो ।
कार्यक्रममा बैंकको सूचना प्रविधि शाखाका धिरज श्रेष्ठले मोबाइल एपबारे विस्तृत जानकारी गराउनु भएको थियो ।
बैंकले देशभरी भएका ५६ वटा शाखा तथा १०८ वटा एटीएममार्फत ग्राहकहरुका लागिसेवा प्रदान गरिरहेको र चालु वर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।