भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - कतार एयरवेजको हालै सञ्चालनमा आएको एन्टलया, बोड्रम, म्याकोनोस र मालागासम्मको उडान सेवा कम्पनीले थप उडान र विमानहरुसँगै मे २०१९ देखि फेरि सुरु गर्ने घोषणा गरेको छ ।
एयरलाइन्सले मे २०१९ देखि एन्टलया, बोड्रम तथा म्याकोनोससम्मको मार्गमा हप्ताको एउटा उडान थप गर्ने र एन्टलयासम्मको रुटमा अत्याधुनिक ए३३० विमान र मालागासम्मको उडानका लागि बोइङ ७८७ ड्रिमलाइनरको स्थानमा बोइङ ७७७ विमान ल्याएको छ ।
चार महिनाअघि सञ्चालनमा आएदेखि टर्कीको बोड्रम र एन्टलया, ग्रीसकाे म्याकोनोस, स्पेनकाे मालागाजस्ता अत्यधिक लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको सबै चार रुटहरु हालसम्म प्रभावशाली देखिएकोले फेरि सुरु गर्न लागेकाे एअरलाइन्सले जनाएको छ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भन्नुभयो,‘चार महिनाअघि सञ्चालनमा आएका हाम्रा सबै चार उडान मार्गहरुको प्रभावशाली प्रदर्शनबाट हामी निकै प्रसन्न छौँ । यात्रुहरुको यी लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको नन–स्टप सेवाको मागलाई ध्यानमा राख्दै हामीले एन्टलया, बोड्रम र म्याकोनोससम्मको यस सेवालाई फेरि सुरु मात्र नगरी एउटा साप्ताहिक उडान पनि थप गरेका छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।