भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
डोटी – जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जीपका पछाडिका सिटहरु धमाधम हटाउन थालेको छ ।
चालकसहित ५ जनाको सिट क्षमता भए पनि यहाँका ब्यबसायीहरुले पछाडि पट्टिको सामान बोक्ने भागमा आफू खुशी सिट जडान गरी १० देखि १४ जना सम्म यात्रु बोक्दै आएका थिए ।
सिट क्षमताभन्दा बढी यात्रुहरु बोक्ने गरेका कारण डोटीमा बर्सेनि सवारी दुर्घटना बढेपछि यहाँका सामान बोक्ने गाडीमा पछाडी आफूखुशी जोडिएका पछाडिका सिटहरु हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउन भयो ।
उहाँले भन्नुभयो ‘सामान बोक्ने ठाउमा यात्रुबोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम हुने तथा बढी दुर्घटना निम्त्याउने भएका कारण हामीले सिट हटाउन थालेका छौँ, नहटाउने लाई कारवाही हुनेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।