विदेशी लगानी नभित्र्याई आर्थिक प्रगति गर्न सकिँदैन : अध्ययन प्रतिवेदन

 मंसिर ५, २०७५ बुधबार १३:३:४८ | उज्यालो सहकर्मी

काठमाडौं – नेपालसहित अतिकम विकसित राष्ट्रहरुले विदेशी लगानी नभित्र्याई आर्थिक प्रगति गर्न नसक्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

संयुक्त राष्ट्र संघ अन्तर्गतको व्यापार तथा विकाससम्बन्धी नियोगले विदेशी लगानी नभित्र्याई अतिकम विकसित राष्ट्रहरुले आर्थिक प्रगति गर्न नसक्ने निष्कर्षसहितको  प्रतिवेदन सार्वजनिक गरेको हो । 

प्रतिवेदनमा विदेशी कम्पनीहरुलाई आकर्षित गरेर मात्रै अतिकम विकसित राष्ट्रहरुले अन्तर्राष्ट्रिय उत्पादन संजालमा जोडिने अवसर पाउने पनि उल्लेख गरिएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिनुभयो ।

प्रतिवेदनमा अतिकम विकसित राष्ट्रहरुमा लगानीको अभावमा उद्यमशीलताको विकास हुन नसकेको पनि औंल्याइएको छ । नेपालले पनि पूँजीको अभावमा उद्यमशीलता विकासमा प्रगति गर्न नसकेको उल्लेख गरिएको छ । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्लेले पर्याप्त वित्तिय स्रोत जुटाउन नसक्दा नेपालले पनि आर्थिक प्रगति गर्न नसकेको प्रतिवेदनमा समावेश गरिएको बताउनुभयो । काठमाडौंमा हालै सार्वजनिक गरिएको यो प्रतिवेदनमा विश्वका ४७ वटा अतिकम विकसित देशमध्ये नेपालको ऋण प्रवाहको अवस्था भने तुलनात्मक रुपमा बढी नै रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया