भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - शिक्षण अस्पतालमा उपचार गराइरहेका डा.गोविन्द केसीलाई बुधबार डिस्चार्ज गरिँदैछ ।
मुटुको नसा च्यापिएका कारण छाती दुखेपछि डा.केसी गएकाे सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा भर्ना हुनु भएको थियो ।
स्वास्थ्यमा सुधार भएपछि केसीलाई अहिले केहीबेरमा डिस्चार्ज गर्न लागिएको उहाँको उपचारमा संलग्न डा.अरुण सायमीले जानकारी दिनुभयो । सायमीका अनुसार डा.केसीको मुटुभित्र समस्या नरहे पनि मुटुसँग जोडिएको नशा च्यापिएका कारण छाती दुखेको हो ।
धेरै चिन्ता लिँदा बाहिरबाट मुटुको नसा थिचिने भएकाले तनाव नलिन र नियमित औषधि खान सल्लाह दिएको पनि डा.सायमीले बताउनुभयो । धेरै तनाव लिँदा डा. केसीलाई हृदयाघातको जोखिम रहेको पनि उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।