'तपस्वी' बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको आदेश

 असार १८, २०८१ मंगलबार ६:५६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेको अभियोगमा 'तपस्वी' रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति हुनेगरी सजाय फैसला गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हिजो बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।

गएको सोमबार 'तपस्वी' बम्जनले बालिकामाथि यौनजन्य कसुर गरेको ठहर भएको थियो । पीडित बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिका पत्थरकोटमा आश्रममा रहेका बेला बाराको निजगढ नगरपालिका–१२ का ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।

यो मुद्दामा बम्जनलाई काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको निवासबाट गएको पुस २४ गते सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन् । बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको विभिन्न आरोप पनि छन् । उनीविरुद्ध पाँच जना परिवारले उजुरी दिएका छन्  ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया