माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी

 असार १८, २०८१ मंगलबार ९:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने नेताहरुको भनाइ छ ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न एमालेकाे सचिवालय बैठक आज दिउँसाे बस्दैछ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा पछिल्लाे राजनीतिक घटनाक्रमका बारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया