ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गरिन्छ : महासचिव पोखरेल

 असार १८, २०८१ मंगलबार १०:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गरिने बताउनुभएको छ ।

प्रमुख दुई दल कांग्रेस र एमालेबीच सहमतिका लागि आवश्यक प्रक्रियामा शुरुदेखि नै काम गरेका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नेसमेत बताउनुभएको छ ।

महासचिव पोखरेलले आज बिहान सामाजिक सञ्जालमा पछिल्लो सहमतिको बारेमा जानकारी दिँदै राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र त्यसैअनुसार कानूनसमेत निर्माणगर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन समझदारी भएको र यो प्रकृयामा सहमत दललाई पनि राष्ट्रिय सरकारमा समावेश गरिने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया