केपी ओलीले गगन थापाकाे हात समात्दा ...

 असार १८, २०८१ मंगलबार १४:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा पार्टी मुख्यालय सानेपामा अहिले तस्बिर प्रदर्शनी चलिरहेको छ ।

तस्बिर प्रदर्शनी अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित शीर्ष दलका नेताहरू पुगेका छन् । कार्यक्रममा पुगेका प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्नुभएको छ । यस्तै केपी ओली र कांग्रेस महामन्त्री गगन थापाबीच कुराकानीका क्रममा ओलीले थापाको हात समातेको फाेटाे सामाजिक सञ्जालमा लाेकप्रिय बनेकाे छ ।

सत्ता गठबन्धन फेरबदल भइसकेको अवस्थामा तीन जना नेता सानेपामा पुग्दा तस्बिर खिच्ने र चासोको साथ नेताहरूको हाउभाउ हेर्नेहरूको भीड लागेको थियो । प्रदर्शनीमा एक सय ५१ वटा ऐतिहासिक महत्त्वका तस्बिरहरू रहेका छन् ।

कार्यक्रममा सभापति एवम् पूर्वप्रधानमन्त्री देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताउनुभयो । देउवाले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको बताउनुभयो ।

तस्बिर : केपी ओलीकाे सचिवालय र रासस

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया