पहिरोका कारण कालीगण्डकी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

 असार १९, २०८१ बुधबार ९:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पहिरोका कारण कालीगण्डकी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । बागलुङको जैमिनी नगरपालिका–१ ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर बन्द भएको हो ।

बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । बन्द सडक खुलाउन प्रयास भैरहेको उहाँको भनाइ छ ।

यस्तै बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति विभिन्न ठाउँमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मुख्यगरी जालेबगर र तमैलमा पहिरो खसेपछि सडक अवरुद्ध छ । राजमार्ग बन्द हुँदा बझाङ भित्रिने र त्यहाँबाट छुट्ने गाडी चल्न सकेका छैनन् । छिट्टै सडक खुलाउनेगरी तयारी अवस्थामा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया