मनाङमा बाढीले पुल बगायो, बेशिसहर–चामे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

 असार १९, २०८१ बुधबार ९:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मनाङको नार्पा भूमि गाउँपालिका– १ को तिमान खोलामा आएको बाढीले काठे पुल बगाएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण खोलामा बाढी आएर पुल बगाएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।

पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । अहिले पानी रोकिएकाले पुल बनाएर सडक खुलाउने प्रयास भईरहेको उहाँको भनाइ छ । त्यस्तै मनाङको तल्लो क्षेत्रमा पर्ने तिमाङ झरनामा पनि पहिरो गएर सडक अवरुद्ध भएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया