अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक हुने चेतावनी

 असार १९, २०८१ बुधबार १८:३०:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ ।

अस्ट्रेलियाका एक सयभन्दा धेरै ठूला कम्पनीका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया (बीसीए) ले अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको समाधान नगर्ने बरु अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सत्तारूढ लेबर पार्टीले गएको मे महिनामा अस्ट्रेलियामा उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने व्यापक रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने योजना सार्वजनिक गरेको थियो ।

सरकारलाई प्रस्ताव पेश गर्दै बीसीएले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकको रूपमा अस्ट्रेलियाको प्रतिष्ठा र उच्च शिक्षा क्षेत्रको समग्र गुणस्तरलाई क्षति पुर्‍याउन सक्ने जनाएको छ । यस्तै अर्थव्यवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने र सबै अस्ट्रेलियाली प्रभावित हुने बिसिएका प्रमुख कार्यकारी ब्रान ब्लयाकले आज विज्ञप्तिमा बताउनुभएको खबरमा उल्लेख छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको योगदान ४७ अर्ब ८ करोड अस्ट्रेलियाली डलर थियो । यसले अस्ट्रेलियाको फलाम, कोइला र प्राकृतिक ग्यासपछिको चौथो ठूलो हिस्सा धानेको छ ।

सरकारले अस्ति सोमबारको घोषणामा अस्ट्रेलियामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा आवेदन शुल्क ७ सय १० अस्ट्रेलियाली डलरबाट १ हजार ६ सय अस्ट्रेलियाली डलरभन्दा बढी बनाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया