उज्यालो सहकर्मी लोहनीलाई एसपी बस्नेतको धम्की : सकेको गर्नुहोस्, म पनि के गर्नुपर्छ, गर्छु

 मंसिर ५, २०७५ बुधबार १६:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसपी बस्नेत

गोरखा – गोरखाका उज्यालो सहकर्मी किरण लोहनीमाथि जिल्लाका प्रहरी प्रमुख एसपी विमल बस्नेतले दुर्व्यवहार गरेका छन् । 

समाचार संकलनका क्रममा गोरखाको पालुङटार पुगेका लोहनीलाई बस्नेतले प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका सरकारी अधिकारीहरुकै सामुन्ने धम्कीपूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् । 

आफू आवद्ध नभएको अनलाइनमा प्रकाशित समाचारको जिम्मा लिन वाध्य बनाउन खोजिएको लोहनीको भनाई छ । ‘तपाईँ मविरुद्ध लाग्नु भएको छ, सकेको गर्नुहोस्, म पनि के गर्नुपर्छ, गर्छु’ भन्दै बस्नेतले धम्कीपूर्ण शैलीमा गालीगलौज र दुर्व्यवहार गरेको लोहनीको भनाई छ । 

लोहनी उज्यालोसहित गोरखाको एक रेडियोमा आवद्ध हुनुहुन्छ । तर आफूले काम नै नगर्ने अनलाइनमा प्रकाशित समाचारको जिम्मेवारी लिनुपर्ने भन्दै जिल्लाको प्रहरी प्रमुखले नै धम्कीपूर्ण रुपमा दुर्व्यवहार गरेको विषयमा नेपाल पत्रकार महासंघलगायत पत्रकारका पेशागत संघसंगठनलाई जानकारी गराएको लोहनीले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया