भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासमा भएको कामकारबाहीको समीक्षा थालेको छ ।
प्रधानमन्त्रीको उपस्थितिमा सबै मन्त्रालयले यो अवधिमा गरेको कामको समीक्षा सुरु भएको हो ।
समीक्षा बैठकको आज पहिलो दिन विभिन्न ६ वटा मन्त्रालयको कामकारबाहीबारे समीक्षा भएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो । पहिलो दिन आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास, उर्जा, कृषि र उद्योग मन्त्रालयका साथै पुनर्निर्माण प्राधिकरणको चौमासिक समीक्षा गरिएको हो ।
समीक्षाका क्रममा मन्त्रालयका समस्या, अन्तर मन्त्रालय समस्या, बजेटको समस्याका बारेमा समीक्षा गरियो ।
‘मुलतः बजेट र नीति कार्यक्रममा भएका कार्यक्रमलाइ छिटो कार्यान्वयनमा लैजाने र चालु आर्थिक वर्षको प्रथम चौमासमा राकिएका पूरा हुन नसकेका उद्धेश्यहरु समेत अर्को चौमासिकमा पूरा गर्ने गरी निर्देशन भयो’, अर्को चौमासको काम शतप्रतिशत हुनेगरी अगाडि बढाउन पनि निर्देशन भएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो ।
बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरुले मन्त्रालयको चौमासिक प्रगति पेस गरेका थिए । अन्य मन्त्रालयको समीक्षा बिहीबार र शनिबार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।