राैतहटकाे कटहरिया नगरपालिकाका मेयर/उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 असार २०, २०८१ बिहीबार १८:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर/उपमेयरसहित ११ जनाविरुद्ध आज विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कटहरिया नगरपालिका–२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमानअनुसार काम नगरि कमसल काम गरि अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा १२ लाख ५२ हजार रुपैयाँभन्दा धेरै भुक्तानी लिई/दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ ।

योजना र भुक्तानीमा संलग्न मेयर अजय प्रकाश, उपमेयर रिता देवीसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल, इन्जिनियर मोहम्मद मकसुद आलम, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया