ललितपुर महानगरका मेयर महर्जनलाई अख्तियारको अर्को पत्र

 असार २१, २०८१ शुक्रबार ९:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि अर्को पत्र पनि लेखेको छ । अस्ति अख्तियारले पहिरो पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियो ।

हिजो फेरि अख्तियारले प्रेस संयोजकको रूपमा रमा लुईंटेल र रुपकृष्ण कर्माचार्यलाई नियुक्ति दिएको विषयमा बयानका लागि मेयर महर्जनलाई अर्को पत्र पठाएको हो । अख्तियारले मेयर महर्जनलाई असार २६ र २८ मा टङ्गालको कार्यालयमा बोलाएको छ ।

यसअघि २०७७ सालमा धापाखेल क्षेत्रका पहिरो पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत एक लाख ५० हजार र दुई लाख रुपैयाँ राहत दिएको भन्दै उहाँमाथि उजुरी परेको थियो । जसका लागि गएको मंगलवार अख्तियारले बयानका लागि महर्जनलाई बोलाएको थियो ।

ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको चाकुपाटमा रहेको घरले सार्वजनिक जग्गा मिचेको भन्दै अस्ति डोजर चलाए लगत्तै अख्तियारले पत्र काटेर बयानका लागि मेयर महर्जनलाई बोलाएको हो ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया