यस्तो बन्यो प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर

 मंसिर ५, २०७५ बुधबार १८:२३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको नेपाली सिनेमा पाहुनाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमाको ट्रेलरलाई पर्पलकै आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

सार्वजनिक भएको ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ । ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के गरेका छन् भन्ने कुरा देख्न सकिन्छ । नेपाली भाषामा तयार पारिएको यो सिनेमामा अंग्रेजी सबटाइटल पनि राखिएको छ । 

सिनेमामा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस सिनेमाको सह निर्माताको रुपमा चिल्डे्रन्स फिल्म सोसाइटी इन्डिया रहेको छ ।  सिनेमालाई पाखी ए तराइवालाले निर्देशन गरेका हुन् ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया