भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले पदबाट राजीनामा दिनु भएको छ ।
केन्द्रीय पदाधिकारी बैठकमा प्रदेश २ को संयोजक एवं इञ्चार्जबाट हटाउनु पर्ने प्रस्ताव आएपछि यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको हो । पार्टी महासचिव रामसहाय यादव र उपमहासचिव प्रकाश अधिकारीले पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा यादवलाई हटाउनु पर्ने ठाडो प्रस्ताव ल्याएका थिए ।
केन्द्रको निर्णय विपरीत प्रदेश नम्बर २ ले असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको थियो । केन्द्रको निर्णय नमानेको भन्दै यादवमाथि कारबाहीस्वरुप प्रदेश संयोजक तथा इञ्चार्जबाट षड्यन्त्रपूर्ण ढंगले हटाउन प्रस्ताब ल्याइएकाे बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कालो दिवस मनाउँदा पार्टीको छविमा नकारात्मक प्रभाव परेकाले कारबाही यादवमाथि कारबाहीको प्रस्तावमा गरिएको हो । प्रदेश २ का अर्थमन्त्रीसमेत रहनुभएका विजय यादवलाई प्रदेश संयोजक एवं इञ्चार्ज बनाउन यादवलाई हटाउने षड्यन्त्र भएको एक केन्द्रीय नेताले जानकारी दिए ।
बैठकमा आफूलाई हटाउने प्रस्ताव आएपछि पार्टी केन्द्रीय उपाध्यक्षसमेत रहनु भएकी यादवले उतिबेलै राजीनामा पत्र लेखेर बैठकमा बुझाउनु भएको थियो । उपाध्यक्ष यादवकै अडानले २ बुँदे सहमतिपछि मात्रै फोरम सरकारमा सामेल भएको थियो ।
सरकारमा त्यसै सहभागी हुन नहुने अडान र संविधान दिवसका दिन प्रदेश नम्बर २ मा कालो दिन मनाएको विषयले अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवबीच मनमुटाव चल्दै आएको पार्टीका नेताहरू बताउँछन् । उपाध्यक्षले नै राजीनामा बुझाएपछि बैठक अर्को मिति नतोकी अनिश्चितकालका लागि स्थगित हुन पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।