सशस्त्र प्रहरीले पूर्वी जिल्लामा डुबानमा परेका ४५ भन्दा धेरै घरपरिवारलाई सुरक्षित ठाउँमा सार्‍याे

 असार २५, २०८१ मंगलबार १५:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल

काठमाण्डौ – सुनसरी, सप्तरी, झापालगायतका जिल्लामा डुबानमा परेका ४५ भन्दा धेरै घरपरिवारलाई सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षित ठाउँमा सारेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका–८ गोईसारमा टेङ्गा खोलाको बाँध फुटेपछि जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाँध फुटेको क्षेत्रमा बाँध बाध्ने काम पनि भइरहेको छ ।

त्यस्तै सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदिको डुवानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित ठाउँमा सारेको छ ।

त्यसैगरी झापाको झापा गाउँपालिका–२ सुगाँबथानमा माई खोलाको डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।

त्यसैगरी सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहा कमला नदिको बीच भागमा अड्किएका पाँच जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्धार गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया