अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई दिने साढे ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

 असार २७, २०८१ बिहीबार १५:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई ४ करोड १३ लाख अमेरिकी डलर अर्थात् झन्डै ५ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण निकासा गर्ने निर्णय गरेको छ ।

कोषले विज्ञप्ति निकालेर कार्यकारी सञ्चालक समितिको बैठकले रकम निकासा गर्ने निर्णय गरेको जानकारी गराएको हो । नेपालको वित्तीय र मौद्रिक क्षेत्रमा भएको सुधारबारे आईएमएफले गरेको मूल्याङ्कनपछि कर्जा सुविधा निकासा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो आईएमएफले नेपाललाई सहुलियत कर्जा दिन प्रतिबद्धता जनाएको रकमको चौथो किस्ता हो । भुक्तानी सन्तुलन बिग्रनुका साथै विदेशी मुद्राको सञ्चिति तीव्र रूपमा घटेपछि नेपाल सरकारले वित्तीय र मौद्रिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतासहित २०७८ सालमा आईएमएफसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिने समझदारी गरेको थियो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया