गुल्मीमा मुसा मार्ने विष खाँदा ४ वर्षकी बालिकाको ज्यान गयाे

 असार २७, २०८१ बिहीबार १५:४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुल्मीमा मुसा मार्ने विष खाँदा ४ वर्षकी बालिकाको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचौर निवासी सपना सुनारकी ४ वर्षकी छोरी प्रिन्साकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सँगै विष खाएकी बसुन्धरा सुनारकी ५ वर्षकी छोरी दिब्सीका गम्भीर बिरामी परेकी छन् । आमाहरू सपना र बसुन्धराले कोदो रोप्न जाँदा बारीमा बालिकाहरूलाई पनि लगेका र उनीहरूले खेल्ने क्रममा फोहोरसँगै बारीमा फालिएको मुसा मार्ने औषधि भेटेर खाएको पाइएको प्रहरीले जनाएको छ ।

विष खाएको पाइएपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याएकोमा प्रिन्साको उपचारकै क्रममा ज्यान गएको हो । दिब्सीकालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया