नदी किनारा र पानी जमेको सडकमा नजान काठमाण्डौ महानगरको आग्रह

 असार २८, २०८१ शुक्रबार ९:१०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातारको वर्षाका कारण  काठमाण्डौका नदीहरुमा पानीको प्रवाह उच्च भएकोले सतर्कता अपनाउन काठमाण्डौ महानगरले आग्रह गरेको छ । केही ठाउँमा ठूलो पानी परिरहेकाले बस्ती डुबान, जमिन कटान, जनधनको क्षतिको जोखिम बढेको भन्दै मेयर बालेन्द्र शाहले जोखिम क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गर्नुभएको हो ।

उहाँले नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजान,  पानी जम्मा भएको सडकमा आफू पनि नजान र गाडी पनि नलैजान अनुरोध गर्नुभएको छ । यस्तै उहाँले कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा गाडी पार्किङ नगर्न र  अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगर्न सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गर्नुभएको छ ।

मेयर शाहले  मनसुनजन्य विपत् आइपरेमा र जोखिम बढेमा  तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, काठमाण्डौ महानगरपालिका र महानगर प्रहरी बललाई खबर गर्न पनि सुझाव दिनुभएको छ ।

 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया