अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक छैन : राष्ट्रपति बाइडेन

 असार ३१, २०८१ सोमबार ९:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक नरहेको बताउनुभएको छ । आउँदो चुनावमा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानेको घटनापछि वाइडेनले नागरिक सम्बोधन गर्दै अमेरिकी राजनीतिक वातावरणमा उछाल ल्याउन नहुने बताउनुभएको हो ।

ह्याइटहाउसको ओभलबाट मन्तव्य दिँदै बाइडेनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताउनुभयो । अमेरिकाको राजनीति शान्तिपूर्ण हुनुपर्ने उहाँको भनाइ छ । उहाँले अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरामा मात्र सीमित नगरेर व्यवहारमा लागू गर्नुपर्ने विषय भएकोमा जोड दिनुभयो ।

हिजो ट्रम्पलाई गोली हान्ने २० वर्षीय थोमस क्रक्सको सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया