नेत्रहीन विश्वकप क्रिकेटका लागि पहिलो चरणमा १९ खेलाडी छानिए

 साउन १, २०८१ मंगलबार ६:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो नोभेम्बरमा हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा सहभागिताका लागि नेपालले पहिलो चरणमा खेलाडी छनोट गरेको छ । नेत्रहीन क्रिकेट संघ नेपालका अनुसार पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो ।

छनोट समितिको सिफारिस अनुसार सुनिल सुवेदी, सागर लामा, भरत चौलागाईँ, दुर्गादत्त पौडेल, प्रेम क्षेत्री, मदन न्यौपाने, प्रविन तामाङ, अमिस गुरागाईँ, भरत थापा र रमेश बानियाँ छानिएका छन् । यसैगरी नरेश चौधरी, सुनिल राना, पदम बडैला, सन्त पहरी, रविन्द्र बोहरा, खेमराज सापकोटा, पदम कार्की‚ युवराज भण्डारी र निश्चल सिवाकोटी पनि पहिलो चरणको छनोटमा परेका छन् ।

चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट नोभेम्बरमा पाकिस्तानमा हुनेछ । सहभागी हुने अन्तिम १५ जना खेलाडीको टुंगो दोस्रो चरणको छनोटबाट लगाइने संघले जनाएको छ । यसअघि तेस्रो नेत्रहीन विश्वकप क्रिकेटको उपाधि आयोजक भारतले जितेको थियो ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया