सरकारी कार्यालय पनि छोडेनन् चोरले

 मंसिर ६, २०७५ बिहीबार १३:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्य चौकी र चम्पावती माविको ढोका तोडफोड गरेर नगद तथा सामान चोरी भएको छ । 

बुधबार राति अज्ञात समूहले वडा कार्यालयको दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको झन्डै ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो । यस्तै, चम्पावती माविको दराज फुटाएर एक थान ल्यापटप र लेखामा रहेको केही नगद चोरी भएको प्रहरीले जनाएको छ । 

हुलाकको १ हजार नगद र तीन सयको हुलाक टिकट पनि चोरी भएको छ । हुलाक र स्वास्थ्यचौकीको कागजात पनि छरपस्ट पारेर फोलेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । 

यस्तै, व्यवसायी सागर खनालको पसल फोडेर नगद ६० हजार, रिचार्ज कार्ड र दम्पत्तीको नागरिकता चोरी भएको छ । ढकालका अनुसार अर्का व्यवसायी रमेश राईको पसल फुटाए । ५ हजारको रिचार्ज कार्ड, नगद ३ हजार, चुरोट, रक्सीलगायत चोरी भएको छ । घटनामा संलग्नको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया