युरो कप फाइनलमा हारेपछि इङ्गल्यान्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा

 साउन १, २०८१ मंगलबार १८:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । युरो कप फुटबलको फाइनलमा स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले आज राजीनामा दिएका बीबीसीले जनाएको छ । हिजो राति भएको युरो कप फाइनलमा इङ्गल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।

सन् २०१६ मा इङ्गल्यान्ड फुटबल टिमको प्रशिक्षक बनेका साउथगेटले ८ वर्षपछि राजीनामा दिएका हुन् । उनको नेतृत्वमा इङ्गल्यान्ड सन् २०२१ र २०२४ गरी २ पटक युरो कप फुटबलको फाइनलमा, सन् २०१८ को फिफा विश्वकपको सेमिफाइनलमा र सन् २०२२ को फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो ।

ग्यारेट साउथगेटको प्रशिक्षणमा इङ्गल्यान्डले १ सय २ खेलमा ६१ पटक विजयी भएको छ । यस्तै २४ खेल बराबरीमा सकिँदा १७ खेलमा इङ्गल्यान्ड पराजित भएको छ । राजीनामा दिँदै उनले साथ र सहयोगका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।

अन्तिम अपडेट: भदौ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया