बेँसीशहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने

 साउन ६, २०८१ आइतबार १८:२६:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

मनाङ – हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्र बेँसीशहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनि पहिरोको जोखिममा रहेको यो सडक चालू आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ ।

सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिनुभयो । सडक कालोपत्र गर्न डुम्रे–बेँसीशहर–चामे सडक योजनासँग मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । सडक विस्तार तथा स्तरोन्नति गर्न दानाक्युमा रहेको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना सहमत भएको छ ।

आयोजनाका उपमहाप्रबन्धक प्रतीकमानसिंह प्रधानका अनुसार भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिम रहेको सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम भएका ठाउँमा ढलान र अन्य ठाउँमा कालोपत्र गरिनेछ ।

हिउँद र वर्षा दुवै याममा साना तथा ठूला गाडी सहजै आवतजावत गर्नसक्ने गरी सडक विस्तार गर्ने गरी योजना निर्माण भइरहेको बेँसीशहर–चामे सडक योजनाका निमित्त प्रमुख किरण पोख्रेलले बताउनुभयो ।

दुई वर्षअघि बेँसीशहरबाट खुदीसम्म आठ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बेँसीशहर–चामे सडकको लम्बाइ ६५ किलोमिटर रहेको छ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया