साङ्ग्रिला होटलका संस्थापक तथा पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन

 साउन ८, २०८१ मंगलबार ८:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । होटल सङ्घ नेपालका पूर्वअध्यक्षसमेत रहेका पाण्डेको ग्राण्डी अस्पताल धापासी काठमाण्डौमा उपचारको क्रममा हिजो ८७ वर्षको उमेरमा निधन भएको हो । उहाँको हिजो नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँ साङ्ग्रिलाका संस्थापक हुनुहुन्थ्यो । होटल सङ्घ नेपालले नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको निधनप्रति दुःख प्रकट गर्दै श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको छ । सङ्घले नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा पर्यटन व्यवसायी गुमाएको जनाएको छ ।

निजामती सेवा छोडेर होटल व्यवसाय गर्नुभएका पाण्डेले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टको सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्नुभएको थियाे। योगदानकै कारण उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक तथा सम्मान समेत प्राप्त गर्नुभएको थियो ।   

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया