संघीयता असफल पार्ने षड्यन्त्र सुरु भयो: मुख्यमन्त्री शाही

 मंसिर ६, २०७५ बिहीबार १९:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । 

बिहीबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघियता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानिय सरकार विच अधिकारको विवाद सल्काएर संघियतालाई बदनाम बनाउँदै संघीयता नै असफल बनाउने दाउमा लागेको बताउनुभयो । 

कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिएर जनताले अग्निपरीक्षा दिएको भन्दै उहाँले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउने बताउनुभयो । संघीयता कागजमा व्यवस्था गरे पनि सोचमा स्थापित हुन नसकेको भन्दै उहाँले नयाँ व्यवस्थामा अभ्यस्त हुनका लागि ‘ब्रेनवार’ चलाउनुपर्ने बताउनुभयो । 

केन्द्र सरकारले प्रशासनिक र वित्तीय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमै प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबिच हुनलागेको समन्वय परिषद बैठकमा यसबारेमा आफूहरुले विशेषरुपमा कुरा उठाउने जानकारी दिनुभयो । 

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागीरबाटै बिदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया