पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइँदै

 साउन १०, २०८१ बिहीबार १२:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा 'वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे' विश्वभरी मनाइँदैछ । पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यले यो दिवस नेपालमा पनि मनाइन्छ । पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवसको अवसरमा आज विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

विश्वभरी वर्षेनि २ लाख ३५ हजार मानिसको पानीमा डुबेर ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ । एक अध्ययनअनुसार नेपालमा पनि खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर प्रत्येक वर्ष ५ सय जनाभन्दा धेरैले ज्यान गुमाउँछन् ।

नेपालमा नदीको आसपास र नदीमा नुहाउने क्रममा डुबेर, बगेर ज्यान गुमाउनेको सङ्ख्या बढी देखिएको छ । यसैगरी बाढीमा परेर, नदीमा हाम फालेर, ट्याङ्कीमा डुबेर, पानी भरेर राखेको भाडामा बालबालिका परेर ज्यान गुमाएका घटना धेरै रहेको यसैसम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाईंले बताउनुभयो ।

उहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, पालिकाले पनि आफ्ना वार्षिक कार्यक्रममा नदीमा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन सचेतनाका कार्यक्रमहरू आयोजना गरेर पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्नुपर्ने सुझाव दिनुभएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया