रामेछापमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गयो

 साउन ११, २०८१ शुक्रबार ७:६:८ | दीपक भट्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको ज्यान गएको छ ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै ज्यान गएको हो ।

दिउँसो खेतमा काम गरेर फर्केपछि बेलुका नुहाएर घरमा आराम गरेर बसेको बेला अकस्मात आएको पहिरोले उनीहरूलाई पुरेको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनकारी दिनुभयो ।

घरको पछाडिपट्टीको कुलेसोतर्फबाट पहिरो झरेको थियो । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया