भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
दार्चुला – दार्चुलामा शुक्रबार बिहान मिनिबस दुर्घटना भएको छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस मालिकार्जून गाउँपालिका ३ मा दुर्घटना भएको हो ।
मालिकार्जुन मन्दिरको जात्रा गएका भक्तजनलाई लिएर आइरहेको बस शुक्रबार विहान पौने पाँच बजे दुर्घटना जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएकोे प्रहरी प्रमुख डीएसपी नवराज अधिकारीले जानकारी दिनुभयो । बसमा क्षमताभन्दा बढी यात्रु रहेका दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानिय खटिएका उद्धार गरीरहेका छन् ।
बिहीवार लागेको जात्रा हेरेर घर फर्किरहेका यात्रु सवार मिनिबस दुर्घटनामा परेको हो । बसमा करीब ३० जना भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । तर एकिन तथ्यांक भने आएको छैन । घटनाबारे पूर्ण विवरण आउन बाँकि रहेको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।